जनकपुरधाम- जनकपुरधामको पिडारी चोकमा टिपरको ठक्करबाट स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको छ।
मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई बिहीबार ठक्कर दिँदा स्कुटी चालकको घटनास्थलमै मृत्यु भएको हो।



दुर्घटनामा मृत्यु भएका स्कुटी चालकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




