जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व अवलोकन गर्न शनिबार जनकपुरधाम आउने हुनुभएको छ।
सुरक्षा स्रोतका अनुसार सभापति लामिछाने पत्नी निकिता लामिछानेसहित शनिबार जनकपुरधाम आउन लाग्नुभएको हो। उहाँ दुई दिन जनकपुरधाममा रहेर छठ पर्वको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ।



शनिबार दिउँसो हवाईमार्गबाट जनकपुरधाम आइपुग्ने लामिछानेको टोली मिथिला यात्री निवासमा बस्ने तयारी गरिएको स्रोतले जनाएको छ।
यसैबीच,सोही निवासमा उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
लामिछानेको जनकपुरधाम भ्रमणलाई छठ पर्वको अवसरमा हुन लागेको धार्मिक तथा सांस्कृतिक गतिविधिसँग जोडेर हेरिएको छ।




