काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा बहस सकिएको हो ।
अब आदेश आउने चरणमा छ ।



सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले गत कात्तिक २० गते रिट दिएका थिए ।
कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी रिटमा गरेका छन् । मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।
सरकारले एआईजी रहेका डा.मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग छ ।




