महोत्तरी –महोत्तरीको गौशलामा दुई साना साना बालकहरु फेला परेका छन् ।
गाैशाला नगरपालिका वडा नम्बर ११ मा जंगलकाे छेउमा दिल बहादुरको हाेटलमा अज्ञात व्यक्तिले ती बालकहरुलाई छाेडेर गएको बुझिएको छ ।



मंगलवार अन्दाजी ५ बजे एकजना मान्छेले दुईवटा बालकलाई जंगल छेउमा भएको पसलमा लिएर आई र बाबू के खाने साेधे अनि बालकहरुले अंकल सम्बाेधन गर्दै म:म खाने भनेर बताए।
पसले दिदिले भने म:म छैन बाबु, भनेपछि त्याे मान्छेले यहाँ म:म छैन भनेर म एकछिन मै आउछु दिदी भनेर बालकहरुलाई छोडेर गएको र फर्केर नआएको बताईन् ।
बालकहरु अहिले स्थानीय दिनेश महतो को जिम्मामा राखेको छ।




