काठमाडौं : निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुलाई मात्र दलको चुनाव चिन्ह् दिने भएको छ ।
राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिहृन प्रदान गर्ने भएको हो ।



राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था अनुसार आयोगले चुनावचिन्ह्र प्रदान गर्न लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख छ ।
स्थानीय चुनावमा यी ६ वटा दलले चुनाव चिन्ह्र पाउने भएका हुन् ।
१) नेकपा एमाले ‘सूर्य’
२) नेपाली कांग्रेस ‘रुख’
३) नेकपा माओवादी केन्द्र ‘गोलाकारभित्रको हँसिया हथौडा’
४) नेकपा एकीकृत समाजवादी ‘कलम’
५) जनता समाजवादी पार्टी ‘छाता’
६) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ‘साइकल’




