काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले २३ हजार मत कटाएका छन्।
शुरुदेखि अग्रता लिएका बालेनले २३ हजार ५८४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाएकी छन्।



उपमेयरमा सुनिता डंगोलले शुरुआती गणनादेखि अग्रता लिइरहेकी छन्।अहिलेसम्मको गणनामा सुनिता प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठभन्दा १५ हजार ६४४ ले अगाडि छन्।
उनले २३ हजार १७ मत पाउँदा श्रेष्ठले ७ हजार ३७३ मत पाएका छन्। यस्तै राप्रपाकी बिनिता मगैयाले ५ हजार १६८ मत पाएकी छन्।




