महेन्द्रनगर – धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १० मा नेपाली काङ्ग्रेसका उम्मेदवार रामपदारथ यादव १४ मतकाे अन्तरले विजयी भएका छन् ।
गएराती सम्पन्न वडा नं१० काे मतगणनाबाट रामपदारथ यादवले ८९४ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेका फुल्गेन यादवले ८८० मत प्राप्त गरे।




