नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बैंकको मधेस प्रदेश केन्द्रित बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यहि जेठ २४ गतेदेखि २६ गतेसम्म धनकुटाको भेडेटारमा गोष्ठी राखि बैंकको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तय गरेको हो ।
बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक बर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङ्गमा बढावा दिने लगायतका विषयहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएको बैंकले जनाएको छ ।
हाल नेपाल बैंकको २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्सटेन्सन काउण्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।





