काठमाडौं। जग्गा जमिन धितो-बन्धकी राख्न रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले जग्गाको वर्गीकरण नभएसम्म अनिश्चितकालसम्म जग्गा जमिन धितो-बन्धकी राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलिक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्न जाने भएकाले रोक नलगाउन आदेश दिएको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावलीअनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो-बन्धकी राख्न नपाउने निर्णय गरेको थियो।
उक्त निर्णयको विरुद्धमा विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। रिटमाथि सुनुवाइ गर्दै निवदेनको अन्तिम टुंगो नलागेसम्म २७ जेठको निर्णय लागू नगर्न सर्वोच्चले आदेश दिएको हो।




