झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रोपटकको प्रयासमा बाजी मारेका छन् ।
अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका उनले यो निर्वाचनमा एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।



जितपछि शर्माले पुराना भनाइ दोहोऱ्याउँदै भने,‘पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’
एमालेको गढ मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।
शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।




