जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलबाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएका छन् ।
संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता राय पनि परेका थिए ।



नया वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।
सामाजिक कार्यमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले अभियन्ता रायलाई यो मानपदवी प्रदान गरेको छ ।
सुशोभन समारोहमा अभियन्ता रायले तराई मधेशमा लगाइने आफ्नो परम्परा र संस्कृति झल्काउने पोशाक मै राष्ट्रपति बाट मानपदवी ग्रहण गरेका हुन् । मेरो पोशाक लाई पनि यसरी सम्मान गरिदिएकोमा अभियन्ता रायले हर्षित हुंदै सरकार लाई धन्यवाद दिएका हुन् ।
विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।
साउदी, बंगलादेश, दुवइ, भारत लगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् ।
चुरे तथा वन जंगल संरक्षण, भूमिहीन सुकुम्वासी समस्या, वैदेशिक रोजगारको समस्या लगायतका विभीन्न सामाजिक मुद्दाहरूको उठानको साथ अभियन्ता रायले निरन्तर आन्दोलनहरू गर्दै आएका हुन् ।
त्यसैगरी चुरे संरक्षणमा योगदान पुर्याए बापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित भएका छन ।
राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याए बापत यादवलाइ जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्याए याेगदानकाे मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हाे।
पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भने – `हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्याएको छ ।´ जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आएका छन् ।
उनकै सहयाेगले बाढीले बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएकाे छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।




