महोत्तरी। महोत्तरीको पोखरीमा एक युवकको शव फेला परेको छ । सम्सी गाउँपलिका ६ बस्ने राम दयाल महतोका छोरा २२ वर्षीय देवेन्द्र महतोको शव शनिबार बिहान फेला परेको हो ।
घर नजिकको पोखरीमा फेला परेको छ । नुहाउन पोखरीमा पसेपछि डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।




