भैरहवा- काठमाडौं महानगरपालिका को कालिमाटी, कुलेश्वर एरिया मा गैरकानुनी हुण्डी कारोबार गर्दै आएका दुई भारतिय नागरिक लाई प्रहरी ले मंगलवार पक्राउ गरेको छ।
पक्राउ पर्ने मा भारत मोतिहारी जिल्ला मधुवन थाना र काल्याणपुर थाना घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वर चुनी भैरव वस्ने २४ वर्षिय ओम प्रकाश कुमार यादव र ४४ वर्षिय राकेश राय रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ। पक्राउ परेका निज हरु वाट नगद २ लाख १० हजार ४ सय ९५ , चेकबुक र मोवाईल हरु प्रहरी ले वरामद गरेको छ।



नेपाल राष्ट्र वैंक ले जारी गरेको निर्देशन विपरित इजाजत नलिई काठमाडौं को कालिमाटी, कुलेश्वर एरिया मा वित्तिय कारोबार गर्दै आएको भन्ने गोप्य सुचना को आधार मा निज हरु लाई पक्राउ गरि नेपाल राष्ट्र वैंक ऐन २०५८ अन्तर्गत कसुर मा आवश्यक थप अनुसन्धान र कार्वाही को लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गरा




