महोतरी – महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोलका ३५ वर्षीया एक महिलाको सामुहिक ब ला त्का र पछि मृत्यु भएको छ । ब ला त्का र पछि अचेत अवस्थामा रहेकी उनको विहीवार राती मुत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान करिब २ बजे नम्बर नखुलेको मोटरसाइकमा आएका दुई पुरुषले उनलाई घरबाट उठाएर लगेको बताइएको छ । ती दुवैले उनलाई पुनः बिहान ४ बजे बेहोश अवस्थामा उनकै घरमा छोडेका थिए ।



अचेत अवस्थामा घरमा छाडेर गएपछि परिवारजनले दिनभरि गाउँकै मानकी पोलिक्लिनिकमा उपचार गराएका थिए । तर उनको होश नआएपछि गत विहीवार ५ बजे थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । उनको उपचारकै क्रममा गए राति १० बजे मृत्यु भएको थियो । सामुहिक ब ला त्का र पछि उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ ।
प्रहरी यस विषयमा अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । अभियुक्तको पहिचान गर्ने काम भइरहेको उनले बताए ।




