फाइल तस्बिर ।
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै बैठक शुक्रबार दिउँसो १२:१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए ।



बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरुमा समेत छलफल हुने पौडेलले बताए ।




