बर्दिबास नगर बाल संजालको नेतृत्वमा बर्दिबास नगरपालिका वडा न ५ मा वक्ततृत्वकला प्रतियोगिता सम्पन्न छ।
बर्दिबास नगरपालिका र युनिसेफ आर्थिक सहयोग र वडा न ५ को कार्यालयको समन्वयमा भएको कार्यक्रममा नगर बाल संजालकि सल्लाहकार गंगा बिश्वकर्माको अध्यक्षता र बर्दिबास नगरपालिकाको उपप्रमुख तारा देबि महतोको प्रमुख आतिथ्यमा भएको थियो ।




श्री पंञ्चधुरा माध्यमिक बिद्यालयको प्राङ्गणमा बक्तृत्वकलाको शीर्षक ` बिपत तथा जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भुमिका´ मा विद्यार्थीहरुले आफ्नो बिचार राखेका थिए ।
प्रतियोगितामा श्री टुटेश्वरनाथ मा.बि. डिपुका सुशान्त पौडेल प्रथम , श्री इच्छेश्वोर मा. बि. चेरुका अरुसी साह द्वितीय ,श्री सेम नेपाल राष्ट्रिय मा बि ढुङगे- गढन्ता का शुशिला लो ले तृतीय स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय ,सान्त्वना हुनेलाई ट्रफि ,प्रमाणपत्र र सहभागी हुने बालबालिकालाई प्रमाणपत्र दिइएको थियो। कार्यक्रम नगर बाल संजालको सल्लाहकार जमुना बिश्वकर्माले संचालन गरेका थिए ।
कार्यक्रममा शिक्षक ,विद्यार्थी ,महिला तथा बालबालिका शाखा ,वडा सदस्य ,वडा बाल अधिकार समिति सदस्य , बिपत व्यवस्थापन समिति ,वि. व्य.स. लगाएत उल्लेखनीय सहभागीता रहेको थियो ।




