भैरहवा- रुपन्देही प्रहरी ले लुम्बिनी साँस्कृतिक नगरपालिका र रोहिणी गाउँपालिका मा भारत वाट नेपाल तर्फ अवैध रुपमा भंसार छलि चोरी पैठारी गरी ल्याउँदै गरेको प्याज, टिसर्ट र जुत्ता चप्पल लगायत को सामान हरु बरामद गरेको छ। बरामद गरेको कुल समान को अनुमानित मुल्य १० लाख १० हजार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही वाट खटिएको प्रहरी टोली ले मंगलवार विहान लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १ कालिदह मा भारत वाट नेपाल तर्फ भंसार छलि गरि ल्याउँदै गर्दा नेपाली र भारतिय नम्वर प्लेट का चार वटा मोटरसाईकल र सात वटा साईकल वाट ओसारपोसार गरि गोदाम गरिराखेको अवस्था मा १ सय ४० वोरा प्याज नियन्त्रण मा लिएको रुपन्देही प्रहरीले जनाएको छ। बरामद गरिएको प्याज, मोटरसाईकल र साईकल को अनुमानित मुल्य ८ लाख १० हजार रहेको जनाईएको छ।




साथै प्रहरी ले सोमवार रोहिणी गाउँपालिका वडा नं ३ धकधई वाट भारत वाट नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न सामान हरु बरामद गरेको छ। बरामद गरिएको सामान हरु मा पिच्कारी २३० थान, वच्चा र ठुलो को जुत्ता चप्पल १६९ जोडी, टिसर्ट ३५ थान, रङ १९ प्याकेट र वैलुन १५ प्याकेट रहेको र सो समान हरु को अनुमानित मुल्य २ लाख रहेको प्रहरी ले जनाएको छ।
बरामद गरिएको सम्पुर्ण सामान हरु को साथै तस्करी मा प्रयोग गरिएको मोटरसाईकल र साईकल थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।




