भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला को विभिन्न ठाउँबाट भारतबाट नेपाल तर्फ भंसार छलि अवैध रुप मा ल्याउँदै गरेको विभिन्न सामान हरु शनिवार पनि बरामद गरेको छ ।बरामद गरिएको सामान हरु को अनुमानित मुल्य ६ लाख ६२ हजार ३ सय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुर्यपुरा, बेलहिया, मर्चवार, बेथरी, प्रहरी चौकी सुक्रौलीआमा, खैरेनी र अस्थायी प्रहरी पोष्ट छपिया वाट खटिएको प्रहरी टोली ले जिल्ला का विभिन्न ठाउँ वाट चिनी,प्याज,मल लगायत का विभिन्न सामान हरु र तस्करी मा प्रयोग गरिएका भारतिय नम्वर यु पी ५३ वी सी ७१८३, यु पी ५६ सी ५१७४ को मोटरसाईकल र लु ५ प ३४१४ नम्वर को नेपाली मोटरसाईकल लाई नियनंत्रण मा लिएको र नियन्त्रण मा लिईएको सम्पुर्ण सामान हरु को अनुमानित मुल्य मोटरसाईकल सहित ५ लाख ३१ हजार २ सय को रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।



साथै जिल्ला प्रहरी कार्यालय रुपन्देही र प्रहरी चौकी दुवेथमुवा वाट खटिएको प्रहरी टोली ले विभिन्न ठाउँ वाट पाइन्ट, टिसर्ट लगाएत को कपडा हरु अनुमानित मुल्य ७३ हजार ५ सय को र इलाका प्रहरी कार्यालय सुर्यपुरा,धकधई र प्रहरी चौकी कालिदह रुपन्देही वाट खटिएको प्रहरी टोली ले वेवारिसे अवस्सा मा अनुमानित ५७ हजार ६ सय मुल्य बराबर को बोईलर कुखुरा वरामद गरेको छ।
बरामद गरिएको सम्पुर्ण सामान र मोटरसाईकल लाई थप आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय, बेलहिया र बोईलर कुखुरा लाई पशु क्वारेनाईन चेक पोष्ट बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




