जनकपुरधाम- नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष एवं वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ ।
६० वर्षीय गुप्तालाई हृदयाघात भएपछि उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा भर्ना गरेकोमा शनिवार विहान २ः३० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।



लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहले पीडित रहेका पत्रकार गुप्तालाई बुधवार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।

सिराहाको सिराहा नगरपालिका वडा नंं १ स्थायी घर भएका गुप्ता हाल हिमालयन टाइम्स सहितका सञ्चार माध्यममा कार्यरत रहेका थिए ।
सिराहाको बलान खोलामा आज गुप्ताको अन्त्येष्टि गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रादेशिक समितिका अध्यक्ष राजेश कर्णले कार्यसमितिका उपाध्यक्ष एवं निष्ठावान् पत्रकार रामानन्द प्रसाद गुप्ताको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूर्णीय क्षति भएको भन्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

निधन भएका प्रदेश पत्रकार महासङ्घका उपाध्यक्ष गुप्ताका श्रीमती, २ छोरा र १ छोरी छन् ।




