महोत्तरी-नेपाल महिला क्रिकेट यू १९ टिमकी कप्तान पूजा महतोलाई गृहनगर गौशालामा नगद सहित सम्मान गरिएकाे छ ।

नेपाललाई पहिलोपटक आईसीसी यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताकालागि छनौट गराउन सफल भएको भन्दै जानकी एकेडेमीक हस्पिटल प्रां लि ले नगद ११,००० एघार हजार नगद सहित मायाकाे चिनाे र गमछाले सम्मान गरेकाे हस्पिटल को प्रशासन प्रमुख संजयले जनाएकाे छ ।




नगद र सम्मानसंगै पुजा महताेकाे स परिवारलाइ यस रामगाेपालपुर नगरपालिकामा रहेकाे जानकी एकेडेमीक हस्पिटल प्रां लि मा औषधीमा १०प्रतिशत,सि टी स्केनमा १०प्रतिशत र अन्य लागने शुल्कमा५०प्रतिशत छुटमा समेत उपचार गरिने हस्पिटल को प्रशासन प्रमुख संजय जनाएकाे छ ।

यस हस्पिटलबाट गएका डा मनिष ठाकुर,कमलेश यादव,संजय कुमार यादव लगायत नागरिक समाज, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत सर्वसाधारणसहितको उपस्थितमा पुजा महताेकाे घरमै पुगेर नगद सहित समान गर्दा आफुलाइ खुशिलागेकाे संजय कुमार यादवले बताएका छन । नेपालको नाम क्रिकेटको माध्यमले चिनाएको भन्दै यादवले प्रसंसा व्यक्त गरे ।





