धनुषा- नेपाल पत्रकार महासंघ धनुषा शाखामा पुरन साहको नेतृत्वमा बहुमत कार्यसमिति निर्वाचित भएको छ। साहले ८२ मत ल्याएर निर्वाचित भएको छ भने उनकोे प्रतिद्वन्दी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी भएको छ भने उनको निकटतम प्रतिद्वन्दी संजिवकुमार झाले ४० मत प्राप्त गरे। महिला उपाध्यक्षमा नेहा झाले ७७ मत ल्याएर विजयी भएको छ भने उनको प्रतिद्वन्दी बरुणा कणर्ले ४७ मत ल्याउन सफल भए।
सचिव पदमा बटुकनाथ झाले ५६ मत ल्याएर जित हात पारे भने उनको प्रतिद्वन्दी सुभाष कणर् र विकास साहले ३८-३८ मत ल्याए। सह सचिव पदमा अर्जुन मण्डलले ६४ मत ल्याएर विजयी भए भने उनको प्रतिद्वन्दी प्रमोद कुमार साहले ६४ मत ल्याए।
सहसचिव समावेशी अन्तर्गत दिपेश मल्लिकले ७९ मत ल्याई विजयी भए भने प्रतिद्वन्दी भने भोला यादवले ३९ मत प्राप्त गरे कोषाध्यक्ष पदमा गोबिन्द महतोले ६८ मत ल्याएर विजयी भए भने उनको प्रतिद्वन्दी राम कमल महतोले ५९ मत ल्याउनमा सिमित भए।
दलित सदस्यमा दिलिप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातीमा लक्ष्मी चौधरी, खुल्ला सदस्यहरुमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुृर, सुमित मिश्र, जीवनारायण झा, सपना कणर् , समावेशी -मुश्लिम, अपांगता सदस्य मो. इन्तखाम आलम विजयी भएका छन्।
प्रदेश परिषद सदस्यहरुमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर सबै निर्विरोध निर्वाचित भएका छन्।
यता केन्द्रिय परिषद सदस्यमा समावेशी तर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित हुनु भएको छ भने खुला र मधेसी तर्फ श्रीनारायण साह र अजयकुमार झा निर्वाचित भएका छन्।


