ममता बिश्वकर्मा,महोत्तरी – मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापनाका माग सहित मंगलवार जलेश्वर नगरपालिकाका नगर प्र्मुख सुरेह साह सोनार समक्ष ज्ञापनपत्र बुझाइएको छ । “मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार ।
शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ पालिकाहरुमा मुक्त हरवाचरवाहाको न्यायिक पुनर्स्थापना का माग सहित जागरण अभियान फागुन १८ गते देखि शुरु भएको छ । सोही अन्तर्गत पालिका स्तरिय हरवा चरवाहा अधिकार मंच जलेश्वरले ज्ञापनपत्र मार्फत आफ्नो माग पालिका प्रमुखलाई बुझाएको उपाध्यक्ष सिता सदाले बताइन् ।



हरवा चरवाहाको न्यायिक पुनर्स्थापना को माग राखी मधेस प्रदेशका विभिन्न पालिकालाई ज्ञापनपत्र बुझाएको महोत्तरी जिल्ला सहजकर्ता ममता बिश्वकर्माले जानकारी दिइन् । यसै गरि मधेस प्रदेशमा शुरु भएको जागरण अभियान अन्तर्गत पर्साको पकहा मैनपुर , बाराको करैयामाइ , रौतहटको बृन्दाबान , र सिरहाको औरही पालिकाहरुमा ज्ञयापन पत्र बुझाएको हो ।
पर्साको पकहा मैनपुरमा मुक्त हरवा चरवा कमिटीको केन्द्रिय सदस्य खुबलाल रामको नेतृत्वमा गएको टोलिले प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाइ ज्ञापनपत्र बुझाउदै संघ र प्रदेश सरकारसंगको समनवयमा स्थानीय सरकारद्धारा मुक्त हरवाचरवाको वास्तविक तथ्यांक संकलन गरी उनीहरूलाई बर्गिकृत परिचय पत्र प्रदान गरिनुपर्ने, मुक्त हरवाचरवाको शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकार सुनिश्चित गर्नु पर्ने र लैंङ्गिक भेदभाव बिना सबैलाई समान र उचित ज्याला सुनिश्चित गरिनुपर्ने माग गरेको छ ।

प्रेषित ज्ञापन पत्रमा आगामी आर्थिक बर्षको निति,कार्यक्रम र बजेटमा हरवाचरवाहाको पक्षमा निति,कार्यक्रम र बजेट बिनियोजन गरिनुपर्ने र हरवाचरवाहाको पहिचान,परिचयपत्र र पुनःस्थापनाका लागी स्थानिय तहबाट कार्यबिधि निर्माण गरिनुपर्ने लगायतका मागहरु गरिएको कमिटीका जिल्ला अध्यक्ष अमरदेव पासवानले बताए ।
त्यस्तै बाराको करैयामाइमा झगरु पासवान , रौतहटको बृन्दाबनमा दसरथ राम र सिरहाको औरहिमा श्यामसुन्दर सदाको अगुवाइमा ज्ञयापन पत्र बुझाइएको रौतहट जिल्ला सहजकर्ता सुबासहेब पासवानले बताए।




