सिरहा – बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम (BEZOS Project) अन्तर्गत नमूना बाल क्लब, सखुवानन्कारकट्टीको नेतृत्वमा आयोजित पालिका स्तरीय अन्तरविद्यालय छात्र-छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
जनता नमूना माध्यमिक विद्यालय, सखुवानन्कारकट्टी–१ को खेलमैदानमा सम्पन्न प्रतियोगितामा स्थानीय तीनवटा माध्यमिक विद्यालयका कक्षा ८, ९, र १० का विद्यार्थीहरूले सहभागिता जनाएका थिए। खेलकुदमार्फत विद्यार्थीहरूको नेतृत्व क्षमता, सहकार्य भावना र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई स्थानीय तहमा विद्यार्थी सहभागिता विस्तारको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।



कार्यक्रमको अध्यक्षता नमूना बाल क्लबका अध्यक्ष मधु यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा सखुवानन्कारकट्टी गाउँपालिकाकी उपाध्यक्ष नीलम यादव रहेका थिए ।विशिष्ट अतिथिमा सोही वडाका अध्यक्ष संजय यादव रहेको उक्त कार्यक्रममा प्रधानाध्यापक विवेक यादव, समाजसेवी श्री प्रसाद यादव लगायतको उपस्थिति रहेको थियोे। प्रतियोगिता सञ्चालनमा जनता नमूना मा.वि.ले समन्वयको भूमिका निर्वाह गरेको हो भने समग्र जनउत्थान केन्द्र लहानको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा मिल अफिसर पूजा साहले कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीहरूका लागि यस्ता अवसरहरू भविष्य निर्माणका सशक्त माध्यम हुने र खेलकुद र शिक्षाको संयोजनले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने धारणा राखेकी थिइन् ।
एरिया सुपरभाइजर सुरेश चौधरीले प्रतियोगिताको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।
किशोरिहरुले फुटबल र भलिबल जस्ता खेल हरु खेल्दैन र खेले पनि किशोरी हरुले किशोरहरु जस्तो राम्रो खेल्न सक्दैन किशोर भन्दा कमजोर नै हुन्छ भन्ने समाजिक पुरानो सोच लाई चिर्ने उदेश्यले र किशोर किशोरी बिचको विभेदलाई अन्त गर्न पालिका मै पहिलो पटक एकै टिममा ५०/५०% छात्र र छात्रा लाई सहभागी गराइ यस खेलको आयोजना गरिएको थियो।
उक्त खेलबाट मावि महेशवारी प्रथम जीत हासिल गरेको छ् भने दृतीय स्थान मावि मौवाही र तृतीय स्थान मसिलाल जनता माध्यामिक बिधालय सोठियाईनले प्राप्त गरेको मिल अफिसर पुजा साहले जनाइन्।




