जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।

यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए ।विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका थिए ।




प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको थियो ।





