काठमाडौं- नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छ्न्।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी सिवाकोटीले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले बताए।
सिवाकोटी हाम्रा कुरा अनलाइनका सम्पादक हुन्।







