धनुषा – प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धारापानीस्थित एक युवतिको गाडीबाट खसेर ज्यान गयोको छ ।बुधबार बिहानै गुडिरहेको विँगरबाट धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित खसेर ज्यान गयोको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धारापानीबाट ढल्केवरतर्फ जाँदै गरेको एक सार्वजनिक विँगरबाट झरेर धनुषाधाम नगरपालिका वडा नम्बर ७ भगवानपुर टोल बस्ने सोहन साहकी अन्दाजी बर्ष १८ की पूजा कुमारी साहको घटनास्थलमै ज्यान गयोको प्रहरीले जनाएको छ ।बिहानै करिब ७ बजेको समयमा ना १ ज ७०९४ नम्बरको विँगरमा चढेकी पूजा धारापानी स्थित सिटबाटै तल झरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए ।



सुवेदीका अनुसार, धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित रहेको यज्ञभूमि बहुमुखि क्याम्पसमा बि.बि.एस. प्रथम वर्षमा पढदै आएकी पूजा कलेजबाट बँक हानेर (कलेज नगएर अकै ठाउँमा जानु) ढल्केवर तर्फ जाँदै थिईन् ।घरबाट कलेज जाँदैछु भनेर निस्केकी पूजा कलेज बँक हानेर ढल्केवर तर्फ जाँदै गर्दा उनको धारापानी स्थित बिँगर गाडीबाट खसेर तत्कालै ज्यान गयोको जनाइएको छ ।
भित्र सिटमै बसेकी पूजा कसरी झरयो भनेर अझै खुलेको छैनन् ।पूजाले पढने कलेज र।घटनास्थलबीचको दुरी करिब ४ किलोमिटरको दुरीमा रहेको छ ।धारापानीदेखि पूर्व उनको क्याम्पस रहेको छ । बुधबार उनी कलेज नगएर सार्वजनिक गाडी चढी ढल्केवरतर्फ जाँदै थिइन् ।ईलाका प्रहरी कार्यालय ढल्केवरले मृतक पूजाकी लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने विँगर प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान अगाडी बढाएको हो ।




