जनकपुरधाम। मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति र गठबन्धन समन्वयबारे छलफल गर्न शुक्रबार बिहान बोलाइएको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।
बिहान ११ बजे सुरु भएको बैठक निष्कर्षविहीन बनेको हाे । जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव प्रदेशबाहिर रहको एक सहभागी नेताले जानकारी दिए ।



उनका अनुसार बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे सामान्य चर्चा मात्र भएपनि ठोस सहमति भने बन्न सकेन ।सात दलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा नेपाली कांग्रेस संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले २१ मंसिरमै पद तथा गोपनीयताको शपथ लिएर मन्त्रिपरिषद् विस्तारको सुरुवात गरेका थिए ।
गठबन्धनका शीर्ष नेताहरूले सरकार विस्तारका बाँकी विषयमा सहमति जुटाउन अब बस्ने अर्को बैठकमा पुनः निर्णय गर्ने तयारी गरेका छन् ।





