महोत्तरी – नेपाली काङ्ग्रेसले महोत्तरी–४ का लागि उम्मेदवारको रूपमा महेन्द्र कुमार रायको मनोनयन दर्ता गरेपछि उनका चुनावी गतिविधि तीव्र बनेका छन्। मनोनयन दर्तापछि राय गाउँ–गाउँ पुगेर मतदाता र पार्टी कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा सक्रिय रहेका छन्।
लामो राजनीतिक अनुभव भएका राय दुई पटक सांसद र एक पटक राज्य मन्त्री रहिसकेका नेता हुन्। यसले उनलाई महोत्तरी जिल्लामा अनुभवी, परिपक्व र भरोसायोग्य नेताको रूपमा चिनाएको स्थानीय मतदाताले बताएका छन्। राज्य तथा संसद्को जिम्मेवारीमा रहँदा उनले देखाएको कार्यशैली र व्यवहारले उनको छवि सफा,सरल र भरोसायोग्य भएको स्थानीय मतदाताले उल्लेख गरेका छन्। स्थानीय विकास, सुशासन र जनताको दैनिक समस्यामा केन्द्रित रहेर अघिल्लो कार्यकालमा खेलेको भूमिकालाई मतदाताले सकारात्मक रूपमा स्मरण गरिरहेका छन्।




रायले भने, “मेरो प्राथमिकता यस क्षेत्रका जनताको समस्या बुझ्ने र उनीहरूको जीवनस्तर सुधार्ने काममा केन्द्रित छ। आगामी योजना र विकासका गतिविधिमा सबैको सुझाव र सहयोग आवश्यक छ। हामीले सुशासन, पारदर्शिता र जनमुखी विकासलाई अघि बढाउनुपर्छ।” उनको भनाइ अनुसार, आगामी निर्वाचनमा उनी स्थानीय आवश्यकताका आधारमा योजनाहरू अघि बढाउने योजना बनाएका छन्। “जनताको आवश्यकता र अपेक्षामा आधारित योजना बनाउने र कार्यान्वयन गर्ने मेरो प्राथमिकता हो। यस क्षेत्रको समग्र विकासका लागि म निरन्तर सक्रिय रहनेछु,” रायले थपे।
हाल राय गाउँ–गाउँ पुगेर मतदाता र पार्टी कार्यकर्तासँग प्रत्यक्ष संवादमा व्यस्त छन्। उनी कार्यकर्तासँग छलफल गर्दै आगामी कार्ययोजनाको खाका प्रस्तुत गरिरहेका छन् र मतदाताको गुनासो सुन्दै प्रत्यक्ष समाधानका उपायहरूबारे सुझाव लिइरहेका छन्। उनका अनुसार, “जनताको समस्या सुन्नु र समाधानका उपायमा जोड दिनु नै मेरो प्रमुख कार्यशैली हो। विकास र जनकल्याणका गतिविधिमा सबैको सहभागिता आवश्यक छ।”
महोत्तरी–४ मा चुनावी प्रतिस्पर्धा कडा बनेको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू सक्रिय छन्। तर रायको व्यक्तिगत छवि, राजनीतिक अनुभव र निरन्तर जनसम्पर्कले उनलाई बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन्। उनका प्रतिद्वन्द्वीहरू पनि विभिन्न कार्यक्रम र प्रचारमा सक्रिय भए तापनि रायको अनुभव र जनसम्पर्कले उनलाई फरक पार्ने सम्भावना देखिन्छ। विशेषगरी गाउँ–गाउँमा पहुँच, स्थानीय विकास योजनामा निरन्तर संलग्नता र जनतासँगको घनिष्ठ सम्पर्कले रायलाई स्थानीय मतदातामा विश्वासिलो नेता बनाएको छ।
उनले अघिल्लो कार्यकालमा बृहत् ग्रामीण सडक, पुल, सिँचाइ, विद्यालय र स्वास्थ्य संरचनाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। यस्ता उपलब्धिहरूले उनलाई मतदाताको नजरमा विश्वासिलो उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, “रायको सक्रियता, राजनीतिक अनुभव र जनतासँगको नजिकको सम्बन्धले महोत्तरी–४ मा उनको स्थिति बलियो बनाएको छ।
चुनाव नजिकिँदै जाँदा उनकी गतिविधिले राजनीतिक माहोललाई थप तातो बनाएको छ।” रायको अभियान केवल मतदातासँगको संवादमा सीमित छैन। उनी सामाजिक, आर्थिक र स्थानीय विकास सम्बन्धी विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका छन्। यस क्रममा उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवा सशक्तीकरणमा केन्द्रित कार्ययोजनाको खाका प्रस्तुत गरेका छन्।
रायले भने, “विकासका योजना मात्र घोषणा गरेर सीमित हुँदैन। त्यसलाई कार्यान्वयन र निगरानी प्रणालीमा पारदर्शिता आवश्यक छ। यसरी मात्र जनताको विश्वास कायम रहन्छ।” उनको सक्रियता, स्पष्ट योजनाहरू र व्यक्तिगत छविले मतदातामा सकारात्मक प्रभाव पारेको देखिन्छ।
पार्टी कार्यकर्ता र स्थानीय नेताहरूले पनि रायको अभियानलाई व्यवस्थित र प्रभावकारी रहेको बताउँछन्। कार्यकर्ताले मतदाता भेटघाट, घरदैलो कार्यक्रम, सरोकार समूहसँग संवाद र स्थानीय समस्या सुन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको अनुभव सुनाएका छन्।राजनीतिक विश्लेषकहरूको मत अनुसार, महेन्द्र कुमार रायको चुनावी सक्रियता र अनुभवले यस क्षेत्रको राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्नेछ।
रायको अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई, यस क्षेत्रको दीर्घकालीन विकास, सुशासन र जनकल्याणमा केन्द्रित रहेको देखिन्छ।




