सिन्धुली – शुक्रबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण अवरुद्ध बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार अबरुद्ध राजमार्गमा पहिरो पन्छाएपछि नेपालथोक–भकुण्डेबेसी खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
शनिवार बिहान साँढे तीन बजेदेखि नेपालथोक– भकुण्डेबेसी खण्ड अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ कालढुंगा र दाउन्नेमा रोशीमा आएको बाढीले क्षति पु¥याएपछि राजमार्ग अबरुद्ध थियो । शनिवार बिहानैदेखि अवरोध पन्छाउने काम भईरहेको छ ।



राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै सिन्धुलीमाढी, दुम्जा र नेपालथोकमा होल्ड गरिएको सवारी साधन बिस्तारै गन्तव्यतर्फ पठाउन थालिएको छ । अबरुद्ध राजमार्गको अस्थायी डाइभर्सन निर्माण कार्य जारी छ ।




