काठमाडौँ – केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवास अगाडि शनिबार बिहानदेखि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
पक्राउ पर्न सक्ने हल्ला फैलिएको अवस्थामा शुक्रबार रातिदेखि नै उक्त निवासमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए । बिहान करिब ४ः४० बजे ओली निवासअघि बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।



शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।




