धनुषा – धनुषाको बटेश्वर गाउँपालिका–३ निवासी सरोज कुमार महतो ‘४० मुनिका ४०–२०८३’ अन्तर्गत ४० प्रभावशाली युवाको सूचीमा परेका छन्।
सामाजिक सेवा, युवा नेतृत्व, नागरिक सचेतना तथा स्थानीय शासनका क्षेत्रमा सक्रिय महतोले युवालाई सामाजिक कार्यमा जोड्ने तथा समुदायस्तरमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।




महतोको नेतृत्वमा युवाको क्षमता विकास, नागरिक सहभागिता, रक्तदान तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न पहलहरू हुँदै आएका छन्। उहाँले स्थानीय सरकार तथा समुदायसँगको सहकार्यमा युवालाई नेतृत्व र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्दै आउनुभएको छ।
यसअघि पनि महतो नेपाल सरकारद्वारा प्रदान गरिएको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

बटेश्वर गाउँपालिकाका महतो ४० प्रभावशाली युवाको सूचीमा परेपछि स्थानीयस्तरमा खुसी व्यक्त गरिएको छ। उहाँको यस उपलब्धिलाई बटेश्वर र धनुषाका युवाका लागि प्रेरणाका रूपमा हेरिएको छ।
महतोले आगामी दिनमा पनि सामाजिक सेवा तथा युवा नेतृत्वको क्षेत्रमा थप सक्रिय भएर काम गर्ने अपेक्षा गरिएको छ।







