
सिरहा : सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ११ बस्ने २० वर्षीय किसन साहलाई चोरीको धनमाल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर ८ अरङटोल बस्ने मोहबद राईनको घरबाट सोमबार प्रहरीले सुनको कानको झुमका २ थान, सुनको मन्टिका १ थान, सुनको नथिया १ थान र चाँदीको हौसली, कडा पाउजु र हातमा लगागउने चुरा गरी अन्दाजि १ किलो ५०० ग्राम चाँदीका गर गहना चोरी भएको थियो ।
चोरले घरको छटबाट प्रवेश गरी घर भित्र रहेको गर गहना सहित चोरी गरि रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । चोरलाई प्रहरीले कल्याणपुर बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी उपर चोरी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।