गोपाल झा, महोत्तरी । सर्बसाधारणको आय आर्जनका साथै आत्म निर्भर बन्नकालागी महोत्तरीको एकडारा गाउँपालीकाको सहयोगमा ॐ स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. एकडाराको सेयर सदस्यलाई बाख्रा पदान गरीएको छ ।
केरोना महामारी र लाकडाउनको बिच गरिब जनताको आर्थिक अवस्था उत्थानका समूहगत प्रयासले आशा जगाएको छ । हाम्रोजस्तो मुलुकमा गरिबी निबारण कार्यमा प्रशस्त भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उदेस्यले एकडारा गाउँपालीकाका अध्यक्ष रामछबीला साह आयआर्जनको लागी सधैँ लगनहिल रहदै आएका एक सय घरपरिवारको लागी १५ लाख बजेट बिनियोजन गरेर उक्त सहकारी संस्थामा आबद्ध १०० सेयर सदस्यलाई बाख्रा बितरण गरेका हुन् ।
बाख्रा बितरण कार्यक्रममा बोल्दै अध्यक्ष साह प्रतिपरिवार एकवटाको संख्यामा वितरित बाख्रा पालनबाट सम्बन्धित परिवारको आयआर्जनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नु भयो । वहाँले प्रदान गरिएका बाख्राबाट २–३ वर्षमा थुप्रै पाठापाठी जन्मने र त्यो बेचेर हुने आम्दानीले बैंकको ऋण तथा घरब्यबसाय चलाउन सहयोग पुग्ने बताउनु भयो ।
यसको अनुगमन व्यवस्था तथा बाख्रामा लाग्ने रोगहरुबारे स्थानियतहको पशुसेवाबिभागले बेलाबेलामा रेखदेख गरीने कार्यक्रम समेत रहेको जानकारी दिएका हुन् । यसरी विपन्न परिवारलाई बाख्रा बितरण गर्ने कार्य निरन्तर जारी रहने अध्यक्ष साहले जानकारी दिनुभयो ।
बाख्रा बितरण कार्यक्रममा बिभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि सहित सहकारी संस्थाका अध्यक्ष लगायतका पधारीहरुको उपस्थितिले कार्यक्रममा रौनकता प्रदान गरेको थियो भने बाखा्र पाएको परिवारका सदस्यहरु औधी खुशी देखिन्थे ।
यसरी बाख्रा पालनतर्फ उन्मुख गराएर यस सहकारी संस्थाका सेयर सदस्यहरुलाई आयआर्जनमा सघाउने आफ्नो अवधारणालाई मन पराउनुका साथै स्वीकार गरी सहयोगको हात बढाइदिएकोमा ॐ स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष रामदरेश यादब एकडारा एकडारा गाँउपालीका अध्यक्ष साहप्रती हार्दिक कृतज्ञता गर्नुभएको छ ।