
जनकपुरधाम - प्रदेश २ मा आर्थिक वर्ष ०७७/०७८ मा भएको सडक दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको छ । प्रदेश २ का ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख एसपी हिमालय कुमार श्रेष्ठले प्रदेश २ का ८ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषाको विभिन्न ठाउँमा भएको ३ हजार ९ सय ८३ सवारी दुर्घटना मा परि ५२३ जनाको मृत्यु भएको छ । एक वर्षको अवधिमा भएको दुर्घटनामा परि ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको छ भने ६ हजार ४ जना घाईते भएका छन् । घाइतेहरुमा ४ हजार २६८ पुरुष, ८७३ महिला, ५७० बालक र २९३ बालिका घाईते भएका छन् । त्यसैगरी प्रदेश २ को ८ वटै जिल्लाका बिभिन्न चेक प्वाईन्टबाट एकवर्षमा १० हजार ७ सय ५ जना मादक पदार्थ सेवनगरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाएको र ३/३ जना मोटरसाईकलमा सवार रहेकालाई कारवाही गरिएको छ । त्यस्तै विश्व महामारीबाट बच्न सरकारले लागु गरेको निषेधाज्ञामा जिल्ला प्रशासनको अनुमती नलिएर जबरजस्ती सवारी चलाउने ३३६ जनालाई कारवाही गरिएको थियो। एसपी श्रेष्ठका अनुसार गतवर्ष ०७६/०७७ मा भएको १३४० विभिन्न सवारी दुर्घटना ४२० जनाको मृत्यु भएको र ९०५ जना गम्भिर घाईते र ९६२ जना समान्य घाईते भएका थिए । त्यसैगरी ०७५/०७६ मा १३५२ दुर्घटनामा ४९६ जनाले ज्यान गुमाएका थिए । एसपी श्रेष्ठले राजमार्ग भन्दा पनि ग्रामिण भेगमा निर्माण भएको राम्रो बाटोका कारण टे्रक्टर, टेम्पु, मोटरसाईकल एक आपस र तिब्रगतीका कारण बढी दुर्घटना हुने गरेको बताए।