महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ४ मझौराका मुसहर जातीहरुलाई आज फाइबर सिरक वितरण गरिएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति महोत्तरीले मझौरामा बसोबास गर्ने मुसहर चमार र धोबी जाति गरी १०६ (एक सय छौ) जना दलितलाई मटिहानीमा एक कार्यक्रमबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जिल्ला विपत व्यवस्थापन समिति महोत्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति दीपक मिश्रले संयुक्त रुपमा फाईबर सिरक वितरण गर्नुभयो ।



कार्यक्रममा मटिहानी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अब्दुल गफार राईन, वडा नं ७ का वडा अध्यक्ष जीतनारायण माझी, वडा नं ३ का वडा अध्यक्ष नाजिर मिया, रेडक्रसका रामजी मण्डल, विजय गुप्ता लगायतका सहभागिता रहेका थिए । यसैगरी वडा नं.९ सिमरदहिका पनि मुसहर र अन्य विपन्न करीब १०० परिवारलाई समेत राहत स्वरुप कम्बल वितरण गरिएको थियो ।




