
महोत्तरी- नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफुले आफ्नो घर नै रहेको प्रदेश २ को धनुषा र महोत्तरी लगायतका स्थानबाट जितको लागि आशिर्वाद पाईसकेकोले जित सुनिश्चित रहेको बताए ।
उनले नेपाली कांग्रेसको आउदो महाधिवेशनको लागि घरबाटै आर्शिवाद पाईसकेकोले जितको पाईला अगाडी वढीसकेको बताए । महोत्तरी सदरमुकाम जलेश्वर स्थित जिल्ला पार्टी कार्यालय रहेको महेश्वर सिंह स्मृति भवन र शालिक अनावरण गर्न आएको वेला उनले सो बताएका हुन ।
उनले भवन र शालिक उदघाटन कार्यक्रममा आफ्नो चुनावी सभा सोचेर नआएपनि उपस्थित अतिथिहरु तथा पार्टीका नेता एवं कार्यकर्ताहरुले एकै स्वरमा सभापतिको लागि समर्थन गर्न थालेकोमा उक्त समर्थनलाई आफुले स्वयं समर्थन गरेको बताए ।
उनले पार्टीमा सभापतिको लागि विभिन्न महानुभावहरुले विभिन्न कारण बताई उम्मेदवार हुने वताईरहदा आफु भने कसैलाई हराउन नभई आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापको जितको लागि उम्मेदवार बन्ने बताए ।
उनले पार्टी भित्र नयाँ जोस र उमंग भर्न तथा पार्टी नेता कार्यकर्तामा उर्जा प्रस्फुटित गर्न १४ औ महाधिवेशनको माध्यमले तयारी गर्ने बताए ।
निधिले पार्टीलाई दृढताका साथ अगाडि बढाउन आफूले नेतृत्व लिन चाहेको बताउँदै उनले पार्टीलाई थप सुदृढ बनाएर अगाडि बढाउने इच्छाका साथ सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेको स्पष्ट गरे।
उनले भने, ‘पार्टीले पछिल्लो निर्वाचनमा बेहोरेको हारलाई बिर्संदै थप ऊर्जा प्रदान गर्नका लागि मैले उम्मेदवारी दिन लागेको छु र यसमा सम्पूणर् नेता कार्यकर्तालाई साथ र सहयोग गर्न अपिल समेत गर्दछु ।’
नेपाली कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने नेता निधिको दाबी थियो ।
निधिले नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे । अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्तालाई उपसभापति निधिले निर्देशन समेत दिए ।
उपसभापति निधीले ६३ सिटमा सिमित भएको नेपाली कांग्रेसले १६५ विश्वासको मत प्राप्त गर्नु र स्थाई सरकार बनाउन सफल हुनु ठुलो मौका भएकोले यस अवधिमा देश र जनताको मन र मत जित्न घर घरमा कांग्रेसका नेता तथा कार्यकर्ताहरु पुगेर नेपाली कांग्रेस प्रतिको विश्वास अझै बढाउन अभियान नै चलाउन आग्रह गरे । उनले नेपाली कांग्रेसकै दुरदर्शिता र कुशलता पुर्वक खेलेको भुमिकाकै कारण देशले संविधान पाएको स्मरण गराउदै नेपाली कांग्रेस गणतन्त्रको पक्षधर भएको बताए ।
उनले १४ औ महाधिवेशनको तयारीमा लाग्न समेत नेता कार्यकर्तालाई आग्रह गरे ।
हजारौको भिडमा निधीको अर्का उम्मेदवार तर्साउने जुलुस ः
यता महोत्तरी स्थित पार्टी कार्यालयमा भवन उदघाटन कार्यक्रममा आउने क्रममा हजारौको भिडमा रहेको उनका समर्थकहरुले बर्दिवास देखि नै उनलाई स्वागत गरेका छन । बर्दिवास हुदै गौशाला,सम्सी,मनराको बाटो हुदै आएका निधीलाई बाटोमै हजारौ कार्यकर्ताहरुले भव्य स्वागत र अभिवादन गर्दै सभापतिको लागि आफ्नो योग्य उम्मेदवारको रुपमा समर्थन गरेका थिए । उनीसंग समेत सयौको संख्यामा मोटरसाईकल र चारपांग्रै सवारी साधनमै विशाल जुलुस नै हिडेपछि महोत्तरीमा कोरोना नै नभएको अनुभुति समेत भएको थियो ।
सामान्यतया महोत्तरी र धनुषा आईरहने निधीलाई महाधिवेशन नजिकिदै गर्दा भएको भव्य स्वागतले उनका प्रतिद्वन्दीहरु तर्सने उनकै पार्टीका केहि नेता तथा कार्यकर्ताहरुले टिप्पनी गरेका छन ।
नेपाली कांग्रेसका वर्तमान जिल्ला सभापति महेन्द्र कुमार रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश २ का महिला तथा बालबालिका तथा युवा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह,नेपाली कांग्रेसका केन्द्रि सदस्य किरण यादव,बल्वा नगरपालिकाका मेयर विनोद कुमार यादव,औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव,लोहारपटटी नगरपालिकाका मेयर शैलेन्द्र कुमार यादव लगायत पार्टीका केन्द्रिय,प्रदेशिय,जिल्ला स्तरका र क्षेत्र स्तरका अतिथिसंगै सयौको सहभागिता रहेको थियो ।
https://youtu.be/PNZ238TZgdE













