
सर्लाही । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा इन फार्मेसी कोर्स अध्ययनका लागि उम्मेदवारको छनोट गर्दा दलित कोटामा गैरदलित विद्यार्थीको नाम राखेपछि दलित हक अधिकाका लागि क्रियाशिल संघसंस्थाहरुले आपत्ति जनाएको छ ।
सीटीईभीटीद्वारा गत असार ३० गते प्रकाशित अन्तिम नतिजामा दलित समुदायमा नपर्ने मधेसी मूलका बिन (मुखिया) जातिका सर्लाहीको बरहथवा नगरपालिका निवासी रामलाल मुखियाकी छोरी मानकी कुमारीलाई मुख्य उम्मेदवारका रूपमा राखिएको हो। तर दलित समुदायमा सूचीकृत चमार जातिका अछेलाल रामका छोरा निप्पुकुमार रामलाई चाहिँ वैकल्पिक उम्मेदवारमा उल्लेख गरिएको छ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ४ निवासी निप्पुकुमार रामले यस विषयमा उजुरी गरेपछि राष्ट्रिय दलित अयोगले नतिजा सूची सच्याउन सीटीईभीटीलाई पत्राचार गरिसकेको छ।
दलित उम्मेदवार निप्पुकुमार रामले यस विषयमा पहल गरिदिन अनुरोध गर्दै आफ्नै जिल्लास्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको शाखामा उजुरी दिए लगत्तै आफूले राष्ट्रिय दलित अयोगमा जानकारी गराएको र आयोगले सीटीईभीटीको कार्यालयमा पत्राचार गरेको संघका अध्यक्ष राजेश पासवानले जानकारी दिए ।
राष्ट्रिय दलित आयोगले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद लाई शुक्रबार पत्राचार गर्दै मधेसी मुलका बिन मुखिया राष्ट्रिय दलित आयोग को जातीय सुचिमा सुचिकृत नरहेकोले नतिजा प्रकाशन मा गम्भीर त्रुटि हुन गएको हुदाँ मानकी कुमारीको नाम कट्टा गरि निप्पु कुमार राम को नाम दलित कोटामा कायम गरिदिनका लागि ध्यानाकार्षण समेत गराएका छ्न ।
संघीयता पश्चात् गठित प्रदेश न २ मा रहेको दलित बिकास समितीका उपाध्यक्ष रामप्रबेश बैठा ले मिति २०८७÷४÷८ गतेका दिन प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरलाई पत्रलेखी दलित कोटामा निप्पु कुमार राम को नाम कायम गरि मानकी कुमारी को नाम कट्टा गरिदिन पत्राचार गरेका छन । दलित समुदायको सर्बाङिन बिकास नगरी कृत्रिम दलित थप्दै जानू र्र राज्यले दलितलाई बेवास्ता गर्दै आएको दलित विकास समिति प्रदेश न २ का उपाध्यक्ष रामप्रवेश बैठा ले आरोप लगाए ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (सर्लाही) का अध्यक्ष पासवानका अनुसार डिप्लोमा इन फार्मेसी अध्ययनका लागि सीटीईभीटीले प्रदेश २ का दलित विद्यार्थीका लागि ५ वटा कोटा छुट्याएको थियो । तर त्यसको उम्मेदवार सूची प्रकाशन गर्दा एक दलित कोटामा गैरदलितको नाम समावेश गरेर सिसिभिटीले गम्भीर त्रुटी गरेको अध्यक्ष पासवान ले आरोप लगाए ।
यसबारे जानकारी आएपछि हामीहरु त्रुटि सच्याउन पहल गरिरहेका छौं, सिटीभिटीले संवैधानिक हकको दुरुपयोग गरेको भन्दै उहाँले आफूले गरेको गल्ती नसच्याए न्यायको लागि हामी सर्वाेच्च अदालतमा मुद्दा हालिने बताए ।

