
महोत्तरी- महोत्तरी र धनुषामा निषेधाज्ञा थप गरिएको छ । महोत्तरीमा निषेधाज्ञा पुन: १५ दिन थप गरिएको छ भने १० दिन थप गरिएको छ । नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमण सामान्य भइ नसकेको अवस्थामा सर्वसाधारणहरुको स्वास्थ्यमाथी पर्न सक्ने असरलाई ख्याल गर्दै साउन-१० गतेदेखी २५ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाले साउन १० गते देखि २० गते सम्मकाे लागि निषेधाज्ञा थप गरेको छ ।
यो अवधीमा भौतिकरुपमा उपस्थित भएर गरिने सम्पुर्ण शिक्षण सम्बन्धी पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी जिमखाना, मदिराजन्य पसलहरु खोल्न नपाइने निर्णयलाई यथावत गर्दै मठ, मण्दिरमा हुने नित्य पुजा बाहेक सामुहिक पुजालाइ रोक्न र रोकाउन पनि कडा निर्देशन जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीवाट आज जारी गरिएको निषेधाज्ञालाई अवज्ञा गरेमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बम्मोजिम कडा कारवाही गरिने भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले स्थानिय प्रशासन ऐन २०२८ र कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बम्मोजिम आदेश जारी गरेको जनाएका छन ।