
काठमाडौं : जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको विवाद टुंयाउन सनाखतका लागि चाैधरी आयोग पुगेका हुन्।
५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्।
जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि आज निर्वाचन आयोग बोलाएको हो। उपेन्द्र यादवले कार्यकारिणी सदस्यहरूलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखेका थिए।
https://www.facebook.com/872051196293216/videos/840101909947276