
महोत्तरी ः नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय मातहतको राष्ट्रीय युवा परिसदले पाँच दिने प्रदेस स्तरिय र तीन दिने संघिय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।
यस सङ्गै ७ ओटै प्रदेसमा एघार सदस्यीय कार्यसमितीको प्रदेस स्तरिय युवा संजालहरु गठन हुने भएका छन् ।
संजाल गठन गर्ने क्रममा भर्चुअल बिधीबाट आइतबार बसेको प्रदेस नम्बर २ कार्यसमितीको बैठकले श्याम साहको नेतृत्वमा प्रदेस संजाल गठन टुङ्गो लगाएको छ ।
प्रदेस संजालमा बाराका श्याम साहले संयोजकको भुमिकामा पदभार ग्रहण गर्नु भएको छ भने उपाध्यक्षमा सर्लाही की रन्जना नेपाल हुनुहुन्छ ।
त्यस्तै सचीवमा पर्साकी गङ्गा श्रेष्ठ ,सहसचिवमा धनुसाका सबुर कुमार कुशवाहा ,कोषाध्यक्षमा सिराहाका मो। नइम राइन सर्बसम्मतीले चयन हुनुभएको हो।
सदस्यहरुमा महोत्तरी बाट पुजा साह ,आभास ठाकुर, दिपक यादब ,सप्तरी बाट पंकज राज कुशवाहा , सर्लाही बाट स्मृति श्रेष्ठ ,रौतहट बाट अंजुम बेगम लगायतको ११ सदस्यीय कार्यसमिति रहने गरि संजाल गठन भएको हो।
कार्यक्रममा संघीय युवा संजाल प्रदेस २ का कार्यकारी इन्चार्ज रक्की प्रसाद साह र राष्ट्रिय युवा परिसद सचिवालयका श्याम काजी खत्रीको उपस्थित रहेको थियो।
कार्यक्रममा प्रदेस संजालका सदस्यहरुले परिसदका श्यामकाजी खत्री सङ्ग विभिन्न विषयमा केन्द्रित रहि अन्तरकृया र छलफल पनि गरेका थिए।
नवगठित संजालले परिसदको उदेश्य बमोजिम प्रदेसका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा ,रोजगारी उद्यमशिलता र सीप बिकास ,स्वास्थ्य र सामाजिक सुरक्षा , युवा परिचालन सहभागीता र नेतृत्व बिकास , खेल्कुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेस, जिल्ला र विभिन्न पालिकाहरु सङ्ग समन्वय गरि कार्यक्रम गर्ने र युवा परिचालनमा विशेष सहजिकरण गर्ने संजालका संयोजक साहले बताउनु भयो।
यो संजालको कार्यअवधी २ बर्षको रहने राष्ट्रिय युवा परिसद एन २०७२ मा उल्लेख गरिएको छ।