
भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला का बिभिन्न स्थानहरु मा मंगलवार चेकजाच गर्ने क्रम मा भारत वाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा अवैध सामान हरु सहित ३ वटा मोटरसाईकल , १ मिनी ट्रक सहित एक जना मानिस लाई नियन्त्रण मा लिएको छ। पक्राउ गरिएको सामान हरु को अनुमानित मुल्य ८ लाख ७१ हजार बराबर को रहेको रुपन्देही प्रहरी ले जनाएको छ ।
पक्राउ गरिएको सामान हरु मा केराउ (मटर) ८४ बोरा (२१०० के.जी ) र कपडा (लुङ्गी) ६४ वटा रहेको छ। साथै नियन्त्रण मा लिईएको ३ मोटरसाईकल हरु मा लु २ प ७०६, लु १५ प ४९२२ , लु १४ प ९९४६ नम्वर को रहेको र १ नम्वर नखुलेको सेतो मिनि ट्रक रहेको रुपन्देही प्रहरी ले जनाएको छ।
नियन्त्रणमा लिईएको मानिस, मिनि ट्रक र मोटरसाईकल समेत थप आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।