
जनकपुर । राष्टिूय एकता अभियानले प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेको छ । राष्टिूय एकता अभियानले प्रदेश २ सरकारले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लगाउँदै मुख्यमन्त्री राउतको आज जनपुरधाम स्थित जनक चोक पुत्ला दहन गरेकाहुन् ।
राष्टिूय एकता अभियानले विधेयक फिर्ताको माग गर्दै प्रदर्शन सहित मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका
हुन् । पुत्ला दहनको क्रममा प्रहरीसँग झडप समेत भएको थियो । अभियानका अध्यक्ष विनय यादवले उक्त विधेयकले प्रदेश तालिबान बन्न सक्ने खतरा रहेकाले विरोध गरिएको बताए ।
मुख्यमन्त्री कार्यालय अगाडिबाट निकालिएको बिरोध जुलुस जनक चोकमा आएर कोण सभा गर्दै सम्पन्न भएको थियो ।जुलुसका क्रममा उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत माग गरेका थिए ।