महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–११ बिरेन्द्र बजार स्थित रहेका स्वास्थ्य चौकी भरत्तपुरको सुविधा सम्पन्न भवन निर्माण भएको छ।
नगरको स्वास्थ्यअवस्था जनचाहनाअनुसारको परिवर्तन गर्न नसकेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताएका छन् ।
गौशाला नगरपालिका ११ दिपेन्द्र बजारमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज बुधवार समुदाउदघाटन गर्नुहुँदै मेयर महतोले आफुले पदभार ग्रहण गरेलगतै स्वास्थ्यक्षेत्रमा सुधारको लागि अनेकौपटक पहलकदमी गरेको तर विविध प्राविधीक कारणवश सफल हुन नसकेको तर्क राखेका छन् ।उहाँले भन्नुभयो, ‘अझ पनि यहाँका बिरामीलाई टाढा सम्म उपचारको लागी लैजानुपर्ने बाध्यता रहेको छ ।
https://youtu.be/jn_J6yIT82w
नगरस्तरीय स्वास्थ्य र शिक्षालाई जनमैत्री बनाउन, चुस्तदुरुस्त सेवा प्रदानका लागि नगरपालिका तयारी गरिदै आएको छ ।’हेम सावित्री जेभी कम्पनीले २ करोड १३ लाखको लागतमा निर्माण भएको सो स्वास्थ्य चौकी निर्माणको लागि स्थानिय रामऔतार महतोले ५ कट्ठा जग्गादान गर्नुभएको थियो ।कार्यक्रमका बीच नगर प्रमुख महतोले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता दम्पति परिवारलाई दोसल्ला उढाएर सम्मान गरे। कार्यक्रमकावीच जग्गादाता रामऔतार महतोले मुस्कुराउँदै आफनो सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।
प्रसुती सेवा अबको केही दिनमै सुचारु हुने नगर स्वास्थ्य संयोजक रामप्रगास महतोले बताए ।