दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मंगलबार बिहान एकजनाको मृत्यु भएको हो ।
तुलसीपुर बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘बिहान ५ बजे हामीलाई खबर आयो ।
घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौँ’ प्रहरी निरीक्षक झलक शर्माले भने, ‘शव राप्ती प्रादेशीक अस्पतालमा पुर्याएका छौँ ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।