
ढल्केवर (धनुषा)- धनुषाको बरमझिायाबाट सोमबारदेखि घरबाटै हराइरहेकी ६ वर्षीया बालिकाको शव फेला परेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० बरमझिया बस्ने विरेन्द्र यादवकी ६ बर्षीया छोरी प्रिति यादवको शव शुक्रबार बिहान इनारमा फेला परेको हो। बालिका सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा वेपत्ता भएकी थिइन्। उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा रहेको एक इनारमा कुहिएको अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोली घटना स्थल पुगेर घटना स्थलको प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। शव प्रकृति हेर्दा बालिकाको हत्या गरेर इनारमा फालिएकोजस्तो देखिए पनि पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।