
महोत्तरी । महोत्तरी स्थित भारत नेपाल सिमासंगै जोडिएको जलेश्वर नगरपालिका ५ पर्सापतैली टोलबाट शसस्त्र प्रहरीले भन्सार कार्यालयको प्रतिनिधीको रोहवरमा अन्दाजी ११५ बोरा युरिया मल नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले विशेष सुचनाको आधारमा छापामारी घरमै स्टोर गरि राखेको मल नियन्त्रणमा लिएको बताए ।
उनले सोहि वडाका राघवेन्द्र रायको घरबाट करिव ५० बोरा र सोहि ठाउ बस्ने धर्मेन्द्र रायको घरबाट करिव ६० बोरा मल नियन्त्रणमा लिएको बताए । हाल मुचुल्का उठाउने र बरामद मल गन्ती हुने लगायतका प्रकृया चलिरहेकोले यकिन परिमाण अझै खुल्न समय लाग्ने बताए ।
महोत्तरीमा मल अभावमा किसानहरुलाई असहज भैरहेको बेला भारतिय खाद्यहरुको कालोबजारी निर्वाधरुपमा चलिरहेको गुनासो बढ्न थालेको छ ।