
विनय यादव,जनकपुरधाम : जनकपुरमा बोक्सीको आरोपमा महिला स्वयंसेविकामाथि कुटपिट भएको छ ।जनकपुरधाम १४ रजौलकी महिला स्वयमसेविका शिलादेवी महरा बोक्सीको आरोपमा कुटिएकी हुन् ।आफूमाथि निर्घात कुटपिट भएको र मानव मलमुत्र खुवाउने प्रयास भएको उनले बताइन् ।
शिलादेवीका अनुसार आफ्नै छिमेकीले उनीमाथि अमानवीय व्यवहार गरेका हुन् ।घरमा गाई, गोरु बिरामी भएको, छोरा, नाति नातिना बिरामी भएको भन्दै आफूमाथि कुटपिट भएको उनले बताइन् ।घटना साउन १ गते रातिको हो ।
मुझेलियास्थित प्रहरी चौकीले घटनास्थलबाट पीडितलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको थियो ।तर, प्रहरीले न्यायको लागि हालसम्म सुनुवाइ नगरेपछि मिडिया गुहारेको शिलादेवीले बताइन् ।
आफूले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी हालसम्म दर्ता नभएको उनको गुनासो छ ।आरोपितहरूले राजनीतिक संरक्षण पाएको उनको आरोप छ । आफ्नो परिवारमाथि पटक(पटक यस्तो अमानवीय व्यवहार भए पनि न्याय नपाएको उनको गुनासो छ ।धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले घटनाका सम्बन्धमा आफूलाई जानकारी नभएको र यसबारेमा बुझ्ने बताए ।