थुनुवाभित्र भएको मृत्यु प्रकरणमा न्यायका लागि आवाज उठाउने प्रदेश नं २ का पुर्व गृहमन्त्री तथा सांसद ज्ञानेन्द्र कुमार यादले प्रतिवद्धता जनाएका छन ।
उनले शनिवार पिडीतको गाउ सिनरजोडा पुगेर घटनाको छानवीनका लागि प्रदेश नं २ का आन्तरिक मामिला तथा संचारमन्त्रालय संग आइतवार छलफल गरि उच्चस्तरीय छानवीन समिति वनाउनकालागि पहल गर्ने वताए । सांसद यादवले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपुर्ति उपलव्ध गराउनका लागि प्रदेश सरकारसंग आग्रह गर्ने वताउदै उनले तत्कालका राहतका लागि लक्ष्मीनिया गाउपालिका संग आग्रह गरेका थिए ।
उनले मृतक परिवार मध्ये एकजनालाई सरकारी जागीरको दिलाउनका लागि आफुले जोडदार पहल गर्ने समेत वताए । यता प्रदेशसभा सांसद चमेली देवी दासले दलित भनेर नै पटक पटक दलित समुदाय माथि अन्याय हुदै आएकोले अब सहय नहुने वताईन । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष भित्र आत्महत्या भनिएपनि लाशको प्रकृति हेर्दा मारेर झुण्डयाएको अवस्था जस्तो देखिएकोले सरकारले यथासिघ्र छानवीन गरि दोषीमाथि कडा कारवाही गर्न आग्रह गरिन ।
उनले छिटै नै छानवीन समिति गठन गरि पिडीतलाई न्याय नदिलाइए कडा भन्दा कडा आनदोलन गर्न बाध्य हुने उनले वताइन । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको शौचालय भित्र मृत्यु प्रकरणले तुल समात्दै गएको छ । लाशको प्रकृति हेर्दा आत्महत्या प्रकरणमा शंका उपशंका उत्पन्न भएपछि मृतक परिवारजन लगायत स्थानियवासीहरुले शुक्रवार देखि नै जिल्ला प्रहरी कायालय देखि लिएर घटनामा संलग्न हुन सक्ने आशंकामा विपक्षीको घर घेर्न थालेको छ ।
लक्ष्मिनिया गाउँपालिका २ का ४० वर्षीय पल्टु रवि दास शुक्रबार बिहान ४ बजेतिर प्रहरी कार्यालयभित्रको शौचालयको भेन्टिलेसनमा आफ्नै गञ्जीको पासो बनाइ झुण्डिएको अवस्थामा भेटिएका थिए ।