दिवेशकुमार महतो
जनकपुरधाम- धनुषामा पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको छ । पेस्तोलसहित एक युवकलाई विहिबार नै पक्राउ परेका थिए भने एक व्यक्ति अनुसन्धान गर्दै जाँदा प्रकाउमा परेको हो।
सरस्वती पूजाकै दिन पेस्तोल सहित धनुषाको मिथिला नगरपालिका वडा नं- २ नक्टाझिझको विश्वकर्माचोक बाट एक युवकलाई पक्राउ गरिएको थियो । सो चोकमा एक युवक हातहतियार लिएर बसेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोलीले मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने २८ बर्षिय रोशन महतोलाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा उनले पेस्तोल किनेर ल्याएको बयान दिएपछि पेस्तोल बेच्ने कार्यमा सँलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
सूचनाको आधारमा महतोको खानतलासी गर्दा शरिरको आगाडी बाँया पट्टिको कम्मरमा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल फेला पारेको थियो । प्रकाउ गरेको व्यक्ति लाई अनुसन्धान तथा सोधपुछ गर्दा निजले उक्त हतियार सोही स्थान बस्ने २६ बर्षिय बस्ने शंकर महतोसँग किनेको बताएका थिए ।
उनले तत्काल ५० हजार रुपैयाँ नगद दिई बाँकीको २० हजार पछि दिने गरी धनुषा स्थित जटही सिमानाकाबाट खरिद गरी ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्व खडकाले जानकारी दिए ।
सोही घटनामा हतियार बिक्रि गर्ने शंकर महतोलाई समेत तत्कालै प्रहरी परिचालन गरी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।




