
धनुषामा पोखरीमा एक किशोरको लास मृत अवस्थामा भेटिएको छ ।
बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृत अवस्थामा किशोरको लास भेटाएको हो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरमा स्थानीय शुभालाल मजिहारको छोरा अन्दाजी बर्ष १५ को अमन मजिहार पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।
स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यू शँकास्पद रहेको छ ।
उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन् ।
स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खवर गरेको थियो । केही बेरमा प्रहरीलाई खवर गरिएको र प्रहरी अहिले घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताईएको छ ।